जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १७:४०

थप २१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १२ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२८ जनामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल १२९ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।