काठमाडौं, १२ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै पूर्व अध्यक्ष गणेश थालले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पत्र बुझाएका छन् । उहाँले वर्तमान अध्यक्ष शेर्पाले आफूविरुद्ध चरित्र हत्या गर्ने उद्देश्यले लगाएको विभिन्न आरोपहरू र भ्रमहरुलाई खण्डन गरी सत्य तथ्य विषयहरु जनमानसमा प्रस्तुत गर्ने उद्देश्यले वैशाख २८ मा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको पत्रमा उल्लेख गर्नुभएको छ ।
थापाले पत्रमा लेख्नुभएको छ, ‘शेर्पाविरुद्ध एन्फा विधानको धारा ८ तथा फिफा कोड अफ इथिक्सको आर्टिकल ५८ को बुँदा नं. ३ बमोजिम कारवाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषद, सदस्य–सचिव टंकलाल घिसिङलाई पत्र बुझाएको छु ।’
थापाले राष्ट्रिय खेलकुदको क्षेत्रमा विगत देखि वर्तमानसम्म निरन्तर योगदान गरी आएको र आफू निर्दोष व्यक्तिविरुद्धमा चरित्र हत्या गर्ने उद्देश्यले लगाइएका झुट्टा र काल्पनिक आरोपहरूको विषयमा गम्भिर रुपमा छानविन भई सत्य तथ्य व्यहोरा र वास्तविकताहरु आम खेलकुद प्रेमी तथा जनमानसमा समेत सार्वजनिक गर्नु पर्ने आवश्यकता रहेकोले यसमा राखेपले आफूलाई सहयोग गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्