जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ०८:१५

काठमाडौंमा बालेन निर्वाचित हुँदा सिर्जना र स्थापित बाहेक अन्य सबै उममेदवारको जमानत जफत, कस्ले कति मत पाए ? (सूचीसहित)


काठमाडौं, जेठ१३ । काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचनमा निर्वाचित बालेन साह र उम्मेदवारहरू सिर्जना सिंह र केशव स्थापितबाहेक अन्य सबैको जमानत जफत भएको छ। मेयरतर्फको उम्मेदवारी दिएका तीन जनाबाहेक अन्य सबैको जमानत जफत भएको हो।

उपमेयरमा पनि पनि तीन जना मात्र जमानत जोगाउन सफल भए। उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । यस्तै गठबन्धनका रामेश्वर श्रेष्ठले २३ हजार ८ सय ६ मत र स्वतन्त्र उम्मेदवार बिद्या श्रेष्ठ महर्जनले १३ हजार ६ सय ९५ मत ल्याउनु भएको छ । निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

काठमाडौं महानगरका कुल मतदाता ३ लाख २ सय ४२ जना रहेकामा १ लाख ९० हजार ९ सय ६२ मत खसेका थिए। तीमध्ये ७ हजार ६ सय ८२ मत पूर्ण बदर भए। मेयर पदका ५५ उम्मेदवारमध्ये एक जनालाई शून्य मत आएको छ।

कस्ले कति मत पाए ?