चरिकोट, जेठ १४ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चार पालिका प्रमुख जितेर नेपाली कांग्रेस पहिलो देखिए पनि लोकप्रिय मतमा नेकपा एमाले नै सवैभन्दा अगाडि रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार दोलखाको ९ वटा पालिका र ७४ वटा वडामा प्राप्त मतका आधारमा कांग्रेसभन्दा एमाले नै अगाडि रहेको देखिएको हो ।
दोलखामा कांग्रेसले ४, एमालेले २, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ पालिकाको प्रमुख जितेको छ । एमालेबिरुद्ध वडा तहमै गठबन्धनमा रहेको कारण पालिका प्रमुख जिते पनि लोकप्रिय मतमा भने कांग्रेस एमालेभन्दा पछाडि नै परेको हो । दोलखाको ९ वटा पालिका र ७४ वडाको मत परिणामअनुसार एमालेले सवैभन्दा बढी ३९ हजार ५० मत पाएको छ ।
यसैगरी कांग्रेसले ३७ हजार ६ सय ४७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १७ हजार ३ सय ५७ मत पाएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३८ हजार ४७ मत पाएको थियो । यसैगरी कांग्रेसले २४ हजार ४७ मत पाएको थियो भने माओवादी कन्द्रले १८ हजार ८ सय २ मत पाएको थियो । कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव गएकोले अन्य दलको समेत मत पाएको कारण यसपटक बढेको देखिएको हो ।
यस्तो छ मत परिणाम
शैलुङ
एमाले ५४३०
कांग्रेस ७२०४
माओवादी १४१९
बैतेश्वर
एमाले ३००५
कांग्रेस ५४४४
माओवादी १९९८
बिगु
एमाले ३४९६
कांग्रेस २६७०
माओवादी २३५६
मेलुङ
एमाले ४८९६
कांग्रेस २९४२
माओवादी १०४४
भिमेश्वर
एमाले ७४१५
कांग्रेस ७५७९
माओवादी ११५१
तामाकोशी
एमाले ३५३५
कांग्रेस ४०६४
माओवादी १०७६
जिरी
एमाले ३३७६
कांग्रेस १७२५
माओवादी २५१२
गौरीशंकर
एमाले ३२९२
कांग्रेस २५०८
माओवादी २८०३
कालिञ्चोक
एमाले ४६०५
कांग्रेस ३५११
माओवादी २९९८
जम्मा
एमाले ३९०५०
कांग्रेस ३७६४७
माओवादी १७३५७
२०७४ निर्वाचन
एमाले ३८०४७
कांग्रेस २४०४७
माओवादी कन्द्र १८८०२
यी हुन जित्ने प्रमुख उपप्रमुख र वडा अध्यक्ष
भीमेश्वर नगरपालिका
प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस)
उपप्रमुख : कमला बस्नेत (एमाले)
जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल (एमाले)
उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)
गौरिशंकर गाउँपालिका
प्रमुख : विश्वास कार्की (माओवादी केन्द्र)
उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस)
वैतेश्वर गाउँपालिका
प्रमुख : छवि लामा (कांग्रेस)
उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस)
तामाकोसी गाउँपालिका
प्रमुख : प्रोणप्रताप केसी (नेकपा एकीकृत समाजवादी)
उपप्रमुख : सिर्जना सुवेदी (कांग्रेस)
मेलुङ गाउँपालिका
प्रमुख : हिरा थोकर (एमाले)
उपप्रमुख : गायत्री आचार्य (एमाले)
शैलुङ गाउँपालिका
प्रमुख : रिमालबाबू श्रेष्ठ (माओवादी केन्द्र)
उपप्रमुख : पार्वती कार्की (एमाले)
कालिञ्चोक गाउँपालिका
प्रमुख : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस)
उपप्रमुख : कुल बहादुर बुढाथोकी (माओवादी केन्द्र)
विगू गाउँपालिका
प्रमुख : संजिव ओली (माओवादी केन्द्र)
उपप्रमुख : देविका थामी (एमाले)
वडा अध्यक्ष
नेपाली कांग्रेस : (२५ जना)
बिगु गाउँपालिका–१ : मेमबहादुर तमाङ
बिगु गाउँपालिका–७ : दलबहादुर श्रेष्ठ
भिमेश्वर नगरपालिका–१ : माधब थामी
भीमेश्वर नगरपालिका–३ : हरिशरण शिवाकोटी
भीमेश्वर नगरपालिका–४ : तारानाथ चौलागाई
भीमेश्वर नगरपालिका–८ : काजी बुढाथोकी
जिरी नगरपालिका–१ : कर्साङ शेर्पा(आङपासाङ)
जिरी नगरपालिका–५ : नरबहादुर जिरेल
शैलुङ गाउँपालिका–१ : बीरबहादुर घतानी
शैलुङ गाउँपालिका–७ : सुजन खड्का
तामाकोशी गाउँपालिका–३ : रामप्रसाद काफ्ले
तामाकोशी गाउँपालिका–४ : सुरज खड्का
तामाकोशी गाउँपालिका–६ : कृष्ण फुयाल
बैतेश्वर गाउँपालिका–६ : अशोक तमाङ
बैतेश्वर गाउँपालिका–३ : कमल अधिकारी
बैतेश्वर गाउँपालिका–२ : श्यामकुमार तमाङ
बैतेश्वर गाउँपालिका–१ : भीमबहादुर तमाङ
कालिञ्चोक गाउँपालिका–४ : दिपक खुलाल
कालिञ्चोक गाउँपालिका–६ : भरत पाण्डे
कालिञ्चोक गाउँपालिका–८ : सूर्यबहादुर आचार्य (बालकृष्ण)
कालिञ्चोक गाउँपालिका–९ : रामप्रसाद मैनाली
गौरीशंकर गाउँपालिका–४ : शिवहरि खत्री
गौरीशंकर गाउँपालिका–६ : निमसाङ्गे शेर्पा
गौरीशंकर गाउँपालिका–९ : ङिमगेली शेर्पा
मेलुङ गाउँपालिका–६ : कुशुम लामा
नेकपा एमाले (२४ जना)
कालिञ्चोक गाउँपालिका–१ : पदमबहादुर थामी
तामाकोशी गाउँपालिका–१ : बसन्त थापा
तामाकोशी गाउँपालिका–७ : खुशबहादुर सुनुवार
बैतेश्वर गाउँपालिका–८ : शान्त जिरेल
बैतेश्वर गाउँपालिका–४ : कुमार चौलागाई
जिरी नगरपालिका–४ : पदेमान जिरेल
जिरी नगरपालिका–९ : ज्ञानु पाख्रिन
भीमेश्वर नगरपालिका–२ : स्टालिन श्रेष्ठ
भीमेश्वर नगरपालिका–५ : बासु श्रेष्ठ
भीमेश्वर नगरपालिका–६ : नवीन लामा
भीमेश्वर नगरपालिका–७ : विनोद तमाङ
भीमेश्वर नगरपालिका– ९ : हिमाल श्रेष्ठ
शैलुङ गाउँपालिका–२ : तीर्थबहादुर श्रेष्ठ
शैलुङ गाउँपालिका–४ : झम्क कार्की
शैलुङ गाउँपालिका–५ : दिलकुमार तमाङ
शैलुङ गाउँपालिका–८ : धनबहादुर तमाङ
मेलुङ गाउँपालिका–१ : ईश्वर कोइराला
मेलुङ गाउँपालिका–३ : बसन्त लामा
मेलुङ गाउँपालिका–४ : सोमबहादुर तमाङ
मेलुङ गाउँपालिका–७ : नवराज खड्का
गौरीशंकर गाउँपालिका–५ : सुन्दर खड्का
विगू गाउँपालिका–५ : काले शेर्पा (कर्मा)
विगू गाउँपालिका–६ : टहल थामी
विगू गाउँपालिका–८ : धनविर थामी
नेकपा माओबादी केन्द्र (२१ जना)
गौरीशंकर गाउँपालिका–१ : प्रकाश खड्का
गौरीशंकर गाउँपालिका–२ : रोहित बुढाथोकी
गौरीशंकर गाउँपालिका–३ : युगबहादुर बस्नेत (बनकाइला)
गौरीशंकर गाउँपालिका–७ : सोनाम शेर्पा
गौरीशंकर गाउँपालिका–८ : दावारिञ्जी शेर्पा
जिरी नगरपालिका–२ : ङिमपल्दे शेर्पा
जिरी नगरपालिका–३ : खेटबहादुर घिमिरे
जिरी नगरपालिका–७ : शान्त नेपाली
जिरी नगरपालिका–८ : रामबहादुर खत्री
बैतेश्वर गाउँपालिका–५ : भुवन घिमिरे
बैतेश्वर गाउँपालिका–७ : मीनकुमार शिबाकोटी
कालिञ्चोक गाउँपालिका–२ : बिक्रम पाण्डे
कालिञ्चोक गाउँपालिका–३ : दलबहादुर तमाङ
कालिञ्चोक गाउँपालिका–५ : सहदेव खड्का
कालिञ्चोक गाउँपालिका– ७ राम पाण्डे
विगू गाउँपालिका–२ : दिपक ठकुरी
विगू गाउँपालिका–४ : रामचन्द्र खड्का
मेलुङ गाउँपालिका–५ : ललित थापा मगर
शैलुङ गाउँपालिका–३ : वीरबहादुर तमाङ
शैलुङ गाउँपालिका–६ : दिपक बस्नेत
तामाकोसी गाउँपालिका–५ : शम्भु फुँयाल
नेकपा समाजबादी (एस) (२ जना)
मेलुङ गाउँपालिका–२ : रामकृष्ण भण्डारी
जिरी नगरपालिका–६ : मरिचबहादुर खड्का
स्वतन्त्र उम्मेदवार (२ जना)
तामाकोशि गाउँपालिका–२ ईश्वर कार्की
विगू गाउँपालिका– ढालबहादुर तमाङ
प्रतिक्रिया दिनुहोस्