जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १०:५७

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन


पोखरा, जेठ १५ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । समाचार एजेन्सी न्यूज कारखानाका अनुसार करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।