काठमाडौं, जेठ १५ । आज विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाउनु भएको छ ।
‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन,’ सिलवालले भन्नुभयो । उहाँका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ बजे सम्पर्कविहीन भएको थियो । बिमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका छन ।













प्रतिक्रिया दिनुहोस्