जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार १०:१३

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना


भक्तपुर, जेठ १६ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ । बस्नेतको पित्तथैलीमा पत्थर देखा परेका अस्पताल भर्ना हुनुभएको हो ।

उहाँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले बिहान भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । बस्नेतको आजै अप्रेसन गरिने भएको छ ।