जनता टाइम्स

१७ जेष्ठ २०७९, मंगलवार ०८:४६

पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेल बोकेको ट्यांकर पल्टियो


पोखरा विमानस्थल भित्र धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ। आज बिहान हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर पल्टिएको हो।

धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्। विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार ुपेरिमिटर रोडु को नजिकै ट्यांकर पल्टिएको हो । ट्यांकर पल्टिएपछि अहिले उडान र अवतरण कार्य रोकिएको छ ।

हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएको थियो। विमानस्थल केही समयका लागि अवरूद्ध हुँदा विहानी सेवाका उडान तथा अवतरण रोकिएका छन्।