काठमाडौं, जेठ १८ । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिनुभएको छ । देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले कांग्रेसलाई यस्तो चेतावनी दिनु भएको हो ।
‘कांग्रेसले दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छ । कांग्रेस अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ । अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ, ठेगान लगाई दिन्छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्