जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १९:०१

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु


संखुवासभा, १८ जेठ । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट आज दिउँसो सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उद्दार कार्यको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।