जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार ०९:३१

गुरुराज घिमिरेको प्रश्न : प्रचण्डको यस्तो भयानक प्रबृत्तिलाई हामी किन मलजल गर्दैछौं ?


नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आखिर सत्य ओकलेरै छाडको भन्दै यस्तो प्रबृत्तिलाई कांग्रेस किन मलजल गरिरहेको छ भन्ने प्रश्न गर्नुभएको छ । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा बुधवार वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो, स्वीकारेको वा अपनाएको होइन भन्ने अभिब्यक्ति दिनुभएको थियो ।

‘बारम्बार भन्दै र औंल्याउँदै आएको सत्यलाई प्रचण्डलेआखिर ओकलेरै छाडे, वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो, स्विकारेको वा अपनाएको होइन। यस्तो भयानक प्रबृत्तिलाई हामी मलजल गर्दैछौं किन ? जुन घरमा बसेको हो, त्यसैमा आगो झोस्ने उद्देश्य ! आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण,धन्य हाम्रो विवेक !,’ घिमिरेले भन्नुभएको छ ।