जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार १३:०६

ट्याक्टरको ठक्करबाट बालिका घाईते


अर्घाखाँची, १९ जेठ । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाईते भएकी छन् । लु४त ६३६२ नम्बरको ट्याक्टरको ठक्करबाट भूमिकास्थान–३ निवासी १७ वर्षीया निशा भुसाल घाईते भएकी हुन् ।

सन्धिखर्क–१ शान्ति बगैँचा चोकमा बाटोमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएको ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएको छ । टाउको र खुट्टामा गम्भीर चोट लागेकी भुसाललाई थप उपचारको लागि बुटवल रिफर गरेको र बिरामीको अवस्था गम्भीर रहेको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ ।