काठमाडौं, जेठ २१ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई धोखा दिएको बताउनु भएको छ ।
चुनावको समीक्षा गर्न शनिवार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै खनालले चुनावमा भएको गठबन्धन र त्यसको परिणामबाट आफूहरू ‘बेहद असन्तुष्ट’ रहेको पनि बताउनु भयो । उहाँले पाँच दलीय गठबन्धनमा नेकपा एसमाथि अन्य दलले धोखा दिएको बताउनु भयो ।
‘हामी गठबन्धन र त्यसको परिणामबाट असन्तुष्टमात्र होइन बेहद असन्तुष्ट छौँ । गठबन्धनको भूमिका पाँच दलका केही दलबाट भएन । यो कुरा हामीले पाँच दलीय बैठकमा पनि राखेका छौँ र अहिले समीक्षा गरिरहेका छौँ,’ खनालले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्