जनता टाइम्स

२४ जेष्ठ २०७९, मंगलवार २१:२६

विश्वराज पोखरेल र रवीन्द्र धानुकसहित ७ एआईजीको सरुवा तथा पदस्थापन (सूचीसहित)


काठमाडौं, जेठ २४ । सरकारले नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीपी विश्वराज पोखरेलसहित सात एआइजीको सरुवा तथा पदस्थापन गरेको हो ।

जसअनुसार पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल र एआइजी रबिन्द्र धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । अन्य पाँच एआइजीलाई बढुवापछि पदस्थापन गरिएको हो ।