जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १३:५४

गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी भएको खगराज अधिकारीको ठोकुवा


काठमाडौं, जेठ २५ । एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउनु भयो । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उहाँले आपत्ति जनाउनु भयो । त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।

प्रधानमन्त्री स्वयं कुलपति रहेपनि कांग्रेसकै कार्यकर्ताले तालावन्दी गरिरहेको घटना त्रिबिमा समस्या खडा गर्ने सुनियोजित योजना भएको पनि अधिकारीको भनाई थियो ।