जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १६:२३

सुदेश पराजुलीले खोले आफ्नै पार्टी नेकपा एसका मन्त्रीहरुको बदमासी


काठमाडौं, जेठ २५ । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेका नेताहरुमाथि आफ्नै बिद्यार्थी संगठनका प्रमुखले गम्भीर आरोप लगाएका छन । नेकपा एकका भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले मन्त्रीहरुले पार्टीको निर्णयविपरीत पदमा टाँसिरहनका लागि घृणित खेल खेलेको बताउनु भएको हो ।

नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको सपथग्रहणपछि अध्यक्ष माधव कुमार नेपालकै सामू पराजुलीले पार्टी निर्णयविरुद्ध मन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डको शरणमा पुगेको खुलासा गर्नुभयो । पराजुलीले हिजो मन्त्री नहुँदा आशा गरिएका र पार्टीको नेतृत्व गर्न सक्ने भनेर अपेक्षा गरिएका नेताले समेत पद जोगाउन पार्टी पद्दति धुजाधुजा पारेको बताउनु भयो ।

‘आज कोही मन्त्री हुँदै गर्दा हाम्रो पार्टीको आलोकनगरको कार्यालयले के गर्छ भन्ने होइन देउवाको शरणमा गइरहेका, प्रचण्डको शरणमा गइरहेका छन । पार्टीले एकातिरबाट निर्णय गर्छ, तर उनीहरू उल्टो गर्छन । पदमा पुगेपछि टाँसिरहनुपर्ने मन्त्रीको कुर्सीमा सुपरग्लु छ कि ? पार्टीले बुझ्न जरुरी छ,’ मन्त्रीहरुप्रति आक्रोश पोख्दै पराजुलीले भन्नुभयो ।