सुजितकुमार खड्का/अमेरिका । प्रबासी नेपालीहरुको बलियो संगठन प्रबासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिबेसन यही जुन १७ देखि १९ सम्म अमेरिकाको बोस्टनमा हुनगइरहेको छ । अधिवेशनमा सहभागी हुन अमेरिकाको ५० राज्यबाट प्रतिनिधि चयन भइसकेका छन ।
यस अघिवेशनको प्रमुख अतिथि नेकपा एमालेका बिदेस बिभाग प्रमुख डा. राजन भट्टराई हुनुहुन्छ भने पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सासद शान्ता चौधरी बिशेष अतिथी हुनुहुन्छ । अधिबेसन सफलताको सुभकामना दिन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरु यतिखेर अमेरिका आउने क्रम जारी रहेको छ । साथै अधिबेसनको प्रचार प्रसार द्रुत गतिमा भइ रहेको र अधिबेसनको समाचार सम्प्रेसन गर्न सबै पत्रकार एबम मिडिया कर्मीलाई समेत निमन्त्रण पठाउने काम भइरहेको छ ।
अधिवेशनको उदघाटन शत्रका लागि नेपाली राजदुतबास अमेरिका प्रतिनिधि, संयक्त राष्ट्र संघ नेपाल प्रतिनिधि, अमेरिका स्थित नेपाली बादिज्य दुत सबैलाई निमन्त्रण पठाइ सकेको अध्य्क्ष्य प्रभु थापाले जानकारी दिनुभएको छ । अधिबेसनको उद्घाटन सत्र पछि बन्द सत्र सुरु हुने र राजनीतिक, सागठानिक र आर्थिक प्रतिबेदन प्रस्तुत हुनुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृवो चयन गर्ने जानकारी पनि अध्यक्ष थापाले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्