जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार ११:२९

१२ घण्टा बित्दा पनि खुलेन राजमार्ग, यात्रुलाई सास्ती


काठमाडौं,जेठ २६ । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुईतर्फी सवारी आवागमनअवरुद्ध भएको छ ।

गएराती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।