जनता टाइम्स

२६ जेष्ठ २०७९, बिहीबार १४:१६

खुल्यो काठमाडौं–मुग्लिन सडक


काठमाडौं, जेठ २६ । पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खुलेको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक खुलेको हो ।

बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो । बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ बजे हटाइएकाले अहिले दुईतर्फी नै सवारी चलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताउनु भयो ।

पहिरो सफा भए पनि रातिदेखि नै बाटोमा सयौं गाडी रोकिएकाले यातायात सहज रूपमा चल्न भने केही समय लाग्ने देखिएकाले आफ्नो लेनअनुसार सवारी चलाउन प्रहरीले चालकहरूलाई आग्रह गरेको छ ।