जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार १६:३९

दोलखाको हाँवामा महिलाको शव फेला


काठमाडौं, २७ जेठ ।  तामाकोसी गाउँपालिका–७ हाँवामा एक महिलाको शव फेला परेको छ । बिहीबार साँझबाट सम्पर्कविहीन बनेकी हाँवाकी ५१ वर्षीया मानकुमारी सुनुवारको शव शुक्रबार चुरेभीर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन बनेकी उनको खोजी गर्नेक्रममा स्थानीयले भीरबाट लडेको अवस्थामा शव फेला पारेका हुन् । सुनुवारको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।