इलाम, जेठ २८ । बालिका बलात्कार गरेको आरोपमा इलामस्थित एक अनाथालयका अध्यक्ष र सचिव नै पक्राउ परेका छन । जिल्लाको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन । चौहानमाथि समेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि लागेको आरोपको बिषयमा भने खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्