काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन लागिएको भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयलाई लिएर जवाफ माग्नुभएको हो ।
एमाले नेता ज्ञवालीले सरकारले परराष्ट्र नीतिमा गमभीर बिचलन आएको भन्दै कडा प्रश्नसमेत गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमणको औचित्य पुष्टी गर्न माग गर्दै ज्ञवालीले परराष्ट्र सम्बन्धका आधारहरु नभत्काउन पनि सुझाव दिनुभएको छ ।
‘नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन जरुरी छ । यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन,’ ज्ञवालीले भन्नुभयो, ‘नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन । प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि आपत्ति जनाइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्