जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १०:२४

नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको खुलाशा


काठमाडौं, ३० जेठ । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गर्नुभएको छ ।

सदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भन्नुभयो , ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।

’एमसीसीको विरोध गर्दै उहाँले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताउनुभयो। त्यसका लागि चलेखल भइरहेको उहाँको दाबी छ ।‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उहाँले भन्नुभयो ।