जनता टाइम्स

३१ जेष्ठ २०७९, मंगलवार ११:०१

एकराजपत्नी मिनाको बयान : मन्त्री विमलाले मेरो पोई खोइ भन्दै मलाई र छोरीलाई कुटपिट गरिन (भिडियोसहित)


दाङ, जेठ ३१। लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले श्रीमान दावी गर्दै माओवादी नेता एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि अहिले प्रहरीले पक्राउ गरेको छ । वलीलाई बस्नेतकै घरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा राखिएको हो ।

मन्त्री बिमलाको आक्रमणमा पर्नुभएकी एकराजकी पत्नी मिना

एकराजकी पत्नी मीना भण्डारी बस्नेतका अनुसार विमलाले उहाँको घरमा आएर एकराज आफ्नो श्रीमान नै भएको भन्दै कुटपिट गर्नुभएको छ । उहाँले वलीले आफू र आफ्नी ६ वर्षकी छोरीलाई कुटपिट गरेको बताउनु भयो ।

बिमलाको कुटपिटबाट छोरी निकै आतंकित बनेकी छन । उनको यो अनुहारले नै बिमलाको ताण्डवलाई झल्काउँछ ।’मेरो पोई खोइ ? भन्दै मलाई झापु हानी, छोरीलाई पनि कुटी,’ मिनाले प्रहरी समक्ष भन्नुभएको छ ।

हेर्नोस भिडियो बयान