जनता टाइम्स

३१ जेष्ठ २०७९, मंगलवार २३:३३

प्रचण्डको धम्कीपछि प्रधानमन्त्रीको ठाडो आदेशमा छुटिन अर्काको लोग्ने ताक्ने चरित्रहीन मन्त्री बिमला, रातारात पठाइयो बुटवल


दाङ, जेठ ३१ । आफूसँग अबैध सम्बन्ध रहेका एकराज बस्नेतको घरमै गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल पठाइएको छ । आज राति साढे १० बजे वलीलाई प्रहरीले पिएसओको जिम्मा लगाएर बुटवल पठाइएको हो ।

प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री कुलबहादुर केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै प्रजिअलाई चर्को दबाब दिएपछि वलीलाई रातारात बुटवल पठाइएको छ ।

दाङ प्रहरीले विमला बिरूद्दको जाहेरी भोलि दर्ता गर्दैछ । विमलाले आज बिहान प्रेमी एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन । बिमलाले बस्नेतको घरमै गएर मेरो पोइ खोइ भन्दै ताण्डव मच्चाउनु भएको थियो । वलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा बुटवल पठाइएको स्रोतको भनाई छ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिमलालाई नछाडे ठीक नहुन्े धम्की दिएपछि प्रधानमन्त्री देउवाले बुटवल पठाउन प्रहरी प्रमुख र सिडिओलाई आदेश दिनुभएको बताइएको छ ।