जनता टाइम्स

४ असार २०७९, शनिबार १२:५८

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त


अमेरिका, असार ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।

एनआरएनका अभियन्तासमेत रहनुभएका उहाँलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आउनुभएको छ ।

उहाँ गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनाका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाली कांग्रेससँग आवद्ध हुनुहुन्छ । सुवेदीबाट नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको अपेक्षा छ ।