जनता टाइम्स

५ असार २०७९, आईतवार ११:४२

प्रधानमन्त्री नआएपछि संसदीय समितिको बैठकअगावै बाहिरिए माधव नेपाल


काठमाडौं, ५ असार । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिनुभएको छ ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिनुभएको छ ।

समितिको बैठकमा पुगेका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिनुभएको हो ।