जनता टाइम्स

५ असार २०७९, आईतवार १५:३४

राजतन्त्रलाई माथ गर्दै स्थानीय सरकार : गाउँपालिका उपाध्यक्षका देवर पर्नेको मृत्युमा पनि सार्वजनिक विदा


 

रुपन्देही, असार रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देबरको मृत्युमा सार्वजनिक विदा दिएको मर्चवारीगाउँपालिकाले एक सुचना जारी गर्दै मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने एक  व्यक्तिको मृत्यु भएपछिसार्वजनिक विदा दिएको हो।

गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा उपाध्यक्षको देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतककोनाम उल्लेख गरिएको छैन गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्णविद्यालय, संघसंस्था बन्द रहने जनाएको

 गाउँपालिका परिवार भित्रको घटना भएकाले सार्वजनिक विदा दिएको अध्यक्ष बरईले बताउनु भएको छ। यो गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका उम्मेदवारले जितेका थिए