एजेन्सी । कतारमा यसै वर्ष नोभेम्बरमा फुटबल विश्वकपको आयोजना हुदैछ । फिफा विश्वकपलाई लिएर खाडी मुलुकमा विभिन्न प्रतिबन्ध लगाइएको छ । सबैभन्दा महँगो टिकट किनेर खेल र रमाइलो गर्न संसारको जुनसुकै कुनामा पुग्ने फुटबल फ्यानह यस पटक भने हिस्स पर्ने भएका छन् । कतार सरकारले फुटबल फ्यानको रमाइलोमा चिसो पानी खन्याएको छ । यहाँ सुरा र सुन्दरीमा (रक्सी र सेक्स) मा प्रतिबन्ध लगाइएको छ ।
यस वर्षको विश्वकपमा वान नाइट स्ट्यान्डले तपाईलाई सात वर्षसम्म जेलको वास गराउन सक्छ भन्ने खुल्ला चेतावनी फुटबल प्रशंसकहरूलाई दिइएको छ । त्यसैले यस पटकको विश्वकप फुटबल प्रतियोगितामा वान नाइट स्ट्यान्ड र कुनै पनि पार्टी हुने छैन। विश्वकपको इतिहासमा यो पहिलो पटक सेक्समाथि प्रतिबन्ध लगाइएको हो ।
खुला रोमान्स पनि गर्न पाइन्न
कतारमा विवाहेत्तर यौनसम्पर्क र समलैंगिकता गैरकानूनी छ। पहिले नै फरक लिंगका फ्यानहरूले होटेलको कोठा पनि पाउन सक्दैनन्। खेल पछि रक्सी र पार्टी विश्वकपको संस्कृति हो । कतारमा हुने विश्वकपका लागि फिफाका सीईओ नासेर अल (खतर) ले भने, ‘सबैले हाम्रो लागि नियमको पालना गर्नु हुनेछ। हाम्रा लागि प्रशंसकको सुरक्षा धेरै महत्त्वपूर्ण छ। पति–पत्नी पनि हाम्रो संस्कृतिविरुद्ध खुल्ला प्रेम गर्न पाउने छैनन् । कतार एक रूढीवादी देश हो र यहाँ आउँदै हुनुहुन्छ भने यहाँको नियम पालना गर्नुपर्छ।’
रक्सी र समलिङ्गी झण्डा पनि प्रतिबन्धित
कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारीले प्रतियोगितामा इन्द्रेणी झण्डामाथि प्रतिबन्ध लगाउने विषयमा पनि विचार भइरहेको बताए । उनले थपे, ‘तपाइँ एलजिबिटीका बारे आफ्नो धारणा व्यक्त गर्न चाहनुहुन्छ भने, यसलाई स्वीकार्य समाजमा गर्नुहोस् । कतारमा यसको कुनै स्थान छैन।’
प्रतिक्रिया दिनुहोस्