जनता टाइम्स

५ असार २०७९, आईतवार १८:१३

संसदमा भगवति न्यौपानेको गर्जन : खबरदार ! गठबन्धन गरेर देश चिथोर्न पाइँदैन (भिडियोसहित)


काठमाडौं, जेठ ५ । नेकपा एमालेकी नेतृ तथा सांसद भगवति न्यौपानेले देशलाई गठबन्धन गरेर चिथोर्ने, कोतर्ने र रगताम्य पार्ने काम गरेको भन्दै आक्रोशित बन्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसद न्यौपानेले परमादेसी बर्तमान सरकारले मुलुकलाई बर्वाद बनाएको भन्दै आक्रोशित बन्नुभयो ।

उहाँले कर्मचारी र सर्वसाधरणलाई आमाचकारी गाली गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, बजेटमा सेटिङ गर्ने अर्थमन्त्री जनार्दन शर्मा देखि मेरो पोइ खोइ भन्दै परपुरुषको घरमा गएर पत्नी र छोरी कुटने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीसम्मका घटनाले मुलुक नै लज्जित हुनुपरेको तर सरकार चुप बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनले कोपर्ने, चिथोर्ने र नेपाल आमालाई रगताम्य पार्ने काम भएको छ ।’ उहाँले थप्नुभयो, ‘मैले यो भावनामा बगेर भनिरहेको छैन । हामीले जुन मन्त्रीहरुलाई प्रश्न गरेका छौं, चित्तबुझ्दो जवाफ आएको छैन । छानविन गर्नका निम्ति एउटा समिति बनेको छैन । जनताले प्रश्न गरेका छन् ।’

उहाँले प्रविधिलाई ढाँट्न नसकिने भन्दै तत्काल सिसिटिभि फुटेज देखाउन माग गर्नुभयो । त्यस्तै उहाँले बजेटको विषयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको कुरा सिसिटिभी फुटेज देखाइयोस र छानविन समिति गठन गरियोस् भनि आगह्र गर्नुभयो । सदन छलेर प्रधानमन्त्री नआउने, मन्त्री छलफलमा भाग लिनै नआउने भन्दै देशलाई लुट्ने, मिच्ने मात्रै काम भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्नेमा संसद नै छलेर हिँड्ने काम गरेको आरोप लगाउनुभयो । त्यस्तै संस्कृति मन्त्री प्रेम आलेको अश्लिल शब्दको हर्कतबारै आफ्नै पार्टीले किन बोल्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो,‘मन्त्री आलेको आफ्नै पार्टी बोल्दैन, सरकार बोल्दैन के हो रु यस्तै धारणा चल्ने हो रु’