जनता टाइम्स

६ असार २०७९, सोमबार ०९:४१

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ


भक्तपुर, असार ६ । नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ । भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा क्यासर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठले समूहले क्यान्सर रोगविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी गराउनु भयो । यही क्रममा भक्तपुरको नगरकोटबासीमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको जानकारी उहाँले गराउनु भयो ।

उहाँले क्यान्सर रोग लाग्न नदिन निरन्तर शरीर जाँंच गर्नुपर्ने र भइहालेमा नडराइकन क्यान्सर रोगको उपचार गरेर क्यान्सरलाई परास्त गर्नुपर्ने बताउनु भयो ।