जनता टाइम्स

६ असार २०७९, सोमबार १६:५८

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते


बैतडी, ६ असार । बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् ।

घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् ।

जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताउनुभयो । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उहाँले बताउनुभयो ।