जनता टाइम्स

७ असार २०७९, मंगलवार १७:१२

डडेल्धुरामा खोलाले बगाउँदा विद्यालयबाट फर्किएका एक बालकको मृत्यु


डडेल्धुरा, ७ असार । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन् । पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट आज दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिनुभयो ।

बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला गरेको उनले खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन्। रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताउनुभयो ।