जनता टाइम्स

८ असार २०७९, बुधबार १९:४४

सुर्खेत जीप दुर्घटना मृत्यु अपडेट : मृतक व्यक्तिको पहिचान खुल्यो


सुर्खेत, ८ असार । आज दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । उहाँको घटना स्थलमै मृत्यु भएको थियो । साथै घाइते हुनेमा अछामको तर्माखाद–२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका–२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका–२ कैलालीकी सरस्वती विष्ट रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथिल्लो मोडमा दुर्घटनामा परेको थियो । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।