जनता टाइम्स

९ असार २०७९, बिहीबार १३:५८

गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना


सुर्खेत, ९ असार । प्रहरीले जाजरकोटका सबै पालिकामा लागु औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्गम गाउँका विद्यालय तथा बस्तीमै पुगेर सचेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताउनुभयो । यही क्रममा छुवाछुतविरुद्ध अभियान समेत सञ्चालन गरेको उहाँको भनाइ छ ।

आज कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम गरेको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका छन् । सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय छन् ।