जनता टाइम्स

९ असार २०७९, बिहीबार १६:५७

रबि लामिछानेप्रति परिवारकै सदस्यमा छैन बिश्वास : भन्छन–एक्लै हिडने स्टण्टवाज (भिडियोसहित)


काठमाडौं, असार ९ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेप्रति आफ्नै परिवारकै सदस्यहरुको बिश्वास नरहेको तथ्य बाहिर आएको छ ।

लामो समय अमेरिका बसेर नेपाल फर्की टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा चर्चा कमाउनु भएका रविले तीन करोड नेपालीको बिश्वास जित्छु भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिनु भएको छ । तर परिवारकै सदस्यले रविलाई हावादारी भन्दै अबिश्वास गरेको भिडियो अहिले चर्चामा छ ।

सञ्चारकर्ममै लामो समय बिताएर आगामी निर्वाचनमा काठमाडौं–३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएका रविका दाजु हरिशरण लामिछानेले रविले कसैसँग छलफल नै नगरी एकल रुपमा हिडेको भन्दै जनताको बिश्वास जित्न नसक्ने बताउनु भएको छ ।

‘पोलिटिकल्ली करेक्ट छैन, आफ्नो पपुलारिटी र हाइटलाई रवि आफैले बुझेको छैन, ऊ लाइनमा छैन,’ रविका दाजु हरिशरणले दुःखका साथ भन्छु भन्दै भन्नुभयो । रवि स्टण्टवाजीमा रहेको पनि हरिशरणको निश्कर्ष छ ।

पार्टी घोषणा र दर्ता गर्दा रवि कान्छी श्रीमती निकिता पौडेलसँग पशुपतिनाथ मन्दिर दर्शनदेखि निर्वाचन आयोगसम्म हल जोडी बनेर जानुभएको थियो । तर उहाँकै दाजु हरिशरणले भने रविले परिवारका कुनै सदस्यसँग सामान्य छलफल समेत नगरेको र एक्लै हिडने मानिसका रुपमा आफूलाई परिचित गराएको बताउनु भयो । उहाँले रविको पार्टीमा आजीवन सदस्य नबन्ने घोषणा दल घोषणालगत्तै गर्नुभएको थियो ।

सुन्नोस यो भिडियो