जनता टाइम्स

१० असार २०७९, शुक्रबार १६:४१

भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ : अध्यक्ष ओली


काठमाडौं, १० असार । सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाउनुभएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

राज्यशक्तिको दुरुपयोग गर्दै भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन गराएको ओलीको आरोप छ ।

‘मैले २०१५ सालदेखिको निर्वाचन देखेको छु । पछि यता लामो समयदेखि चुनाव लड्दा अहिलेसम्म यति भद्दा, यति राज्यशक्तिको दुरुपयोग गरिएको, यति भ्रष्ट निर्वाचन, पैसाको खोलो बगाएको अहिलेसम्म देखेको थिइनँ,’ ओलीले भन्नुभयो,‘यसपटक त्यो तहसम्म पुगेको छ ।’