जनता टाइम्स

११ असार २०७९, शनिबार ०५:४१

घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियाको जित


श्रीलंका,११असार । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियाले जित निकालेको छ ।

कोलम्बोमा शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले हराएको हो ।तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले ३–२ गुमाएको छ ।

श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो ।