जनता टाइम्स

११ असार २०७९, शनिबार १६:४९

एमालेले सजिलै चुनाव जित्नसक्ने आधार तयार भइसकेको छ : महासचिव पोखरेल (भिडियोसहित)


काठमाडौं, असार ११ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभाको चुनाव जित्न सहज भएको निश्कर्ष सुनाउनु भएको छ । एमाले भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनमत बढेकोले चुनाव जित्न सहज भएको निश्कर्ष सुनाउनु भएको हो ।

‘गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘स्थानीय तहको चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामथ्र्य पनि बढेको देखियो । अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रुपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको छ । चुनावबारे चिन्ता गर्नुपर्ने छैन । जति ठुलो गठबन्धन त्यति धेरै सामथ्र्य हुन्छ ।’

महासचिव पोखरेलले जनतामा पाँच दलीय गठबन्धनलाई एमालेले जित्न सक्छ भन्ने मनोबिज्ञान पैदा गर्न नसक्दा सोचे जस्तो परिणाम नआएको बताउनु भयो । अवको चुनावमा जनतामा एमालेले गठबन्धनलाई जित्छ भन्ने मनोबिज्ञान भइसकेकोले एमालेले जित्ने पोखरेलले बताउनु भयो ।

पाँद दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको पनि उहाँको भनाई छ । मतदानको बेलामा पुलिस प्रशासन लगाएर गठबन्धनले धाँधली गरेको र एमाले कार्यकर्ताहरूमाथि प्रहरी लगाएर थुनेको घटनासमेत उहाँले राख्नुभएको छ । महासचिव पोखरेलले ०७४ सालको निर्वाचनमा केपी ओलीलाई मधेश विरोधी नेता भनेर भ्रम फैलाएको तर यसपटक त्यो पुरै चिरिएको बताउनु भयो ।तराईका जिल्लाहरुमा अहिलेसम्म भएको विकासको गुरुयोजना नै ओलीले तयार गरेको तर बिरोधीले अफवाह फैलाएको बताउनु भयो ।

‘तराईमा स्वाभिमानको लडाइँ लड्ने पार्टी कम्युनिष्ट पार्टी नै हो । तराईमा एमाले र ओलीप्रति घृणाको राजनीति गरियो । गत निर्वाचनमा अभियान चलाउन खोज्यौँ। तर सप्तरीमा बाहिरबाट बिथोल्ने प्रयास भयो, कमरेड केपी ओलीलाई मधेश विरोधी भनियो’ ’ महासचिव पोखरेलले भन्नुभयो, ‘हामीले चुनाव प्रचार गर्न पाएनौं । हाम्रो अध्यक्षले त्यसलाई सोचेर तराईमा विकासको तिव्रता दिनको लागि सदरमुकाममा बदल्नुपर्छ भनेर उहाँले सहरी पुर्वाधार विकास आयोजनको रुपमा तराईका प्रत्येक जिल्लामा ५०–५० करोड छुट्याएर पछि २२ जिल्लामा बाटो सडक पुल निर्माणको योजनाकार नै केपी ओली हुन ।’

सुन्नोस भिडियो