जनता टाइम्स

११ असार २०७९, शनिबार २०:२४

नेकपा ब्यूँताउन वामदेवको प्रस्ताव : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, एकल अध्यक्ष (पूर्णपाठ)


काठमाडौं, असार ११ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा ब्यूँताउन वार्ता थाल्ने निर्णय लिनुभएको छ । शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले वार्ता कमिटी बनाउने प्रस्ताव गर्नुभएको हो ।

‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्नेछौं,’ गौतमले भन्नुभयो । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने गौतमको प्रस्ताव छ । यो सम्भव नभए एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता गर्नुपर्ने भन्दै गौतमले भन्नुभएको छ, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।’

नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएको सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सार्नुभएको छ । दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने भन्दै गौतमले आफ्नो राजनीतिक प्रस्तावमा लेख्नुभएको छ, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’

यस्तै गौमतले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था हुनुपर्ने प्रस्ताव पनि गर्नुभएको छ ।

यस्तो छ प्रतिवेदन