जनता टाइम्स

१२ असार २०७९, आईतवार १६:५२

तेक्वान्दोका निर्णायक अशोक खड्का कोरिया जाँदै


काठमाडौं, १२ असार । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न भोली दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै हुनुहुन्छ । २९ जुनदेखि ६ जुलाईसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोक पारा तेक्वान्दोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनीत हुनुभएको छ । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाउनुभएको छ । क्याडेटको प्रतियोगिता २८ देखि ३१ जुलाई तथा जुनियरको २ देखि ७ अगष्टसम्म बुल्गेरियाको सोफियामा हुँदै छ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनीत हुने अशोक एक्लो हुनुहुन्छ ।