जनता टाइम्स

१४ असार २०७९, मंगलवार ११:२८

पहिरोले डुम्रे बेंसीशहर सडकखण्ड अवरुद्ध


लमजुङ, असार १४ । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ ।

डुम्रे(बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका १ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताउनु भयो ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ ।

सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ जाने र बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।