जनता टाइम्स

१४ असार २०७९, मंगलवार ११:३५

बामदेवको एकता अभियान सकियो, आफ्नै नेतृत्वमा दल दर्ता गर्ने निर्णय


काठमाडौं, असार १४ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले राजनीतिक दल दर्ता गर्ने निर्णय लिनुभएको छ ।

गौतमले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी दलको नाम र केन्द्रीय समितिमा रहने नेताहरुको नाम सार्वजनिक गर्नुहुने भएको छ । आफै प्रमुख रहने गरी आज नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिनुभयो ।

गौतमले नेकपा विभाजित भएपछि छुट्टै अभियान चलाउँदै आउनु भएको थियो । एकता अभियानलाई नै पार्टीमा रुपान्तरण गर्न लाग्नुभएको हो । गौतमको पार्टीमा जेल परेर निस्किनुभएका पूर्वसांसद डिवी कार्की सचिव रहनु हुने भएको छ ।