जनता टाइम्स

१४ असार २०७९, मंगलवार १४:०९

अन्तर्घात आरोपमा एमालेका जिल्ला अध्यक्ष नै बर्खास्त


कैलाली, असार १४ । नेकपा एमालेले जिल्ला कमिटी कैलालीका अध्यक्ष रतन थापालाई बर्खास्त गरेको छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो ।

जिल्ला कमिटीको सिफारिशका आधारमा थापालाई बर्खास्त गरी उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको छ । यसैगरी साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिशका आधारमा प्रदेश कमिटीले बर्खास्त गरेको हो ।