जनता टाइम्स

१४ असार २०७९, मंगलवार १७:१८

वामदेवले पार्टीमा केन्द्रीय सदस्य राखिएकोमा धादिङकी अप्सराको आपत्ति


काठमाडौं, १४ असार । नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले आफू वामदेव गौतम नेतृत्वको पार्टीमा संलग्न नरहेको र कथित एकता अभियानसँग सहमति नरहेको बताउनुभएको छ । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा उप्रेतीले असहमति जनाउनुभएको हो ।

उहाँले आफूलाई बदनाम गराउने उद्देश्यले उक्त पार्टीको केन्द्रीय समितिमा राखेको आरोप लगाउनुभयो ।

उप्रेतीले आफ्नो वक्तव्यमा भन्नुभएको छ,‘मेरो नाम उक्त पार्टीमा कसरी आयो भन्ने कुरा मलाईसमेत थाहा छैन । म हिजो पनि नेकपा एमालेको जिम्मेवार नेतृ हो र आज पनि नेकपा एमालेकै नेतृ हो । कसैले नियोजित रुपमा मेरो नाम दुरुपयोग गरेर फसाइएको छ । नेकपा एमालेका आम नेता–कार्यकर्ताहरुमा यो जानकारी गराउन चाहन्छु ।’

गौतमको पार्टीको केन्द्रीय समितिको ६६ औं नम्बरमा उहाँको नाम राखिएको छ ।