जनता टाइम्स

१५ असार २०७९, बुधबार १३:४०

एन्फा पदाधिकारीसँग यस्तो छ प्रधानमन्त्रीको सुझाव र प्रतिवद्धता


काठमाडौं, असार १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवाले एन्फा पदाधिकारीसँग भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री देउवाले खेलकुदमा राजनीति गर्न नहुने सुझाव पनि दिनुभएको छ ।

यही असार ६ गते सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।