जनता टाइम्स

१५ असार २०७९, बुधबार १४:५५

यस्तो छ धानमा आत्मनिर्भर बन्ने केपी ओलीको सूत्र


भक्तपुर, असार १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताउनु भएको छ । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा अध्यक्ष ओलीले यो स्थिति हाम्रै लापरवाहीका कारण आएको बताउनु भयो ।

उहाँले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताउनु भयो । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उहाँको भनाई छ । आफैलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने ओलीले बताउनु भयो ।

‘नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले प्लटिङ सिस्टमले गर्दा बस्ती र खेती गोलमाल भएको बताउनु भयो । ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ,’ ओलीले भन्नुभयो । ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताए । यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताउनु भयो ।

‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमिको अन्त्य गर्नुपर्नेछ । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ’, ओलीले भन्नुभयो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको ओलीले बताउनु भयो ।