जनता टाइम्स

१६ असार २०७९, बिहीबार १३:५५

माधव नेपालसँग आक्रोशित रामकुमारी झाँक्रीले भनिन–नेकपा एमाले जिन्दावाद ! (भिडियोसहित)


काठमाडौं, असार १६ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले जिन्दावादको नारा लगाउनु भएको छ ।

कुनै जानकारी नै नदिई मन्त्रीबाट अचानक फिर्ता बोलाएको भन्दै अध्यक्ष माधवकुमार नेपालसँग आक्रोशित झाँक्रीले बुधवार साँझ टीकटकमा हाँसोसहित ओके–ओके नेकपा एमाले जिन्दावाद ! भन्दै नारा लगाउनु भएको हो ।

पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेर थप २२ दिन टिके पनि फिर्ता हुनै परेपछि झाँक्रीसहित बिरोध खतिवडा, प्रमे आले र किसान श्रेष्ठ अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसँग आक्रोशित हुनुहुन्छ । उहाँहरुले दुई नेतासँग मन्त्रीबाट हटेपछि संवादसमेत गर्नुभएको छैन् ।

मन्त्रीबाट हटेपछि पहिलो पटक टिकटक लाइभमा आएको जानकारी दिनुभएकाी झाँक्रीले बुधवार साँझ एक हजार स्रोता पुगेपछि आफ्नो कुरा राख्ने भन्दै बोल्नुभएको थियो । त्यसअघि आएका कमेन्टमा जवाफ फर्काउँदै नेकपा एमाले जिन्दावाद भन्नुभएको हो ।

हेर्नाेस भिडियो