जनता टाइम्स

१८ असार २०७९, शनिबार ११:५८

एमाले प्रवेश गरे कांग्रेस-माओवादीका यी चर्चित नेता, हेर्नुहोस ७० बढी तस्विरहरू


काठमाडौं, असार १८ । नेपाली कांग्रेसका चर्चित नेताहरु नेकपा एमाले प्रवेश गरेका छन । नेपाली कांग्रेसका नेता बागलुङ जिल्ला कार्य समितिका पूर्वसचिव नवराज शर्माको नेतृत्वमा दुई दर्जन बढी नेता कार्यकर्ताहरु आज एमाले प्रवेश गर्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती लगायत बागलुङको समाजमा स्थापित धेरै व्यक्तिहरु आज नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

नवप्रवेसीहरुलाई एमाले ओली लगायतका नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नु भएको छ ।