जनता टाइम्स

१८ असार २०७९, शनिबार १२:२१

१२औं राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्धितिय


जुम्ला, १८ असार । १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् । १५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।

यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्धितियमा भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्धितियमा चन्दननाथ नगरपालिका भएको छ । कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्धियित भएको आयोजकले जनाएको छ ।